काठमाडौं : सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर चैत १६ गतेसम्म पुर्याइएको हो । यसअवधिमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।
सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ को १० करोड इकाई चैत १ गते आइतबारदेखि बिक्री खुला गरेको छ । कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।








