काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय ब्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रबर्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।








