कहिले बाँडफाँड हुदैछ ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कहिले बाँडफाँड हुदैछ ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ ?

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले चैत्रको दोस्रो सातामा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलका अनुसार रुरु जलविद्युत परियोजनाले आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरेपछि मात्र ज्योति लाइफको आईपिओ बाँडफाँड गरिने छ । स्थानीयको लागि रुरुको आईपिओ फागुन ७ देखि फागुन २१ सम्म निष्काशन भएको थियो । रुरुको आईपिओपछि मात्र ज्योति लाइफको आईपिओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ । रुरुको आईपिओ यसै साता बाँडफाँड गर्ने क्यापिटलको तयारी छ । 

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  आईपिओमा १८ लाख ४२ हजार ४ सय ६९ जना आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।

Read More
  • MBL - below news