ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आगामी साता, तथ्याङ्क रुजुको काम हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आगामी साता, तथ्याङ्क रुजुको काम हुँदै

चैत ३, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ यो साता बाँडफाँट नहुने भएको छ ।

 विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आवेदकको तथ्याङ्क रुजु गर्ने काम भइरहेकाले आगामी सातामात्र बाँडफाँट हुने जानकारी दिएको हो । पछिल्लो समय आईपीओ सार्वजनिक निष्कासन र बाँडफाँटका लागि शुक्रवारको दिनलाईनै उपयुक्त मानिएकाले विक्री आगामी साता शुक्रवार कम्पनीको आईपीओ बाँडफाँट हुने सम्भावना देखिएको हो ।

यस विषयमा त्यस अघिनै तथ्याङ्क रुजुको काम सम्पन्न भई सिडिएससीले बाँडफाँटको लागि बातावारण तयार गरेमा शुक्रवारभन्दा अघिनै गर्न सकिने क्यापिटलको भनाई छ । यसै साताको शुक्रवार भने बाँडफाँट असम्भव रहेको क्यापिटलले जानकारी दिएको हो । 

उक्त कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । अन्तिम दिन साँझ ५ बजेसम्ममा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

Read More
  • MBL - below news