सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीका अनुसार फण्ड खुलेको दोस्रो दिनसम्म कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन‍्‍राइज क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।








