ज्योति लाइफको आइपीओ ३२.९२% आवेदकले मात्र पाउने, कहिले हुन्छ बाँडफाँट ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको आइपीओ ३२.९२% आवेदकले मात्र पाउने, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजार जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् ।

तसर्थ, कुल आवेदकमध्ये ३२.९२% आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७.०८% आवेदकको हात खाली हुनेछ । यद्दपि, आवेदन रुजु गर्ने काम अझै बाँकी रहेकाले आवेदक संख्यामा तलमाथि हुनसक्ने सम्भावना रहेको छ ।

Read More
  • MBL - below news