एनआइबीएल र एचबीएल मर्जले अन्तिम रुप लिन अझै एक हप्ता लाग्ने, ठूलो बाणिज्य बैंक बन्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइबीएल र एचबीएल मर्जले अन्तिम रुप लिन अझै एक हप्ता लाग्ने, ठूलो बाणिज्य बैंक बन्ने

काठमाडौं । इन्भेष्टमेन्ट (एनआइबीएल) र हिमालयन (एचबीएल)बैंक मर्जले अन्तिम रुप पाउन अझै एक हप्ता लाग्ने भएको छ । एनआइबीएलको ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट भोलि(मंगलबार) बैंकको सञ्चालक समितिमा पेश हुने बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए । त्यस्तै, हिमालयन बैंकको ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट यहि हप्ता सञ्चालक समितिमा पेश हुने बैंकका एक सञ्चालकले बताएका छन् ।  

हिमालयन र इन्भेष्टमेन्ट बैंक मजैपछि पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ । एनआइबीएल पुँजीको कोष २९ अर्ब र एचबीएलको १७.८ अर्ब रहेको छ भने  २४ अर्ब ९२ करोडको चुक्ता पुँजी हुने भएको छ । हिमालय बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।  

Read More
  • MBL - below news
  • EBL Ad news