हिमालयन बैंकद्वारा शैक्षिक सामग्री वितरण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकद्वारा शैक्षिक सामग्री वितरण

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान पनि सम्पन्न भएको जनाइएको छ । 

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक सुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतको उपस्थिति रहेको थियो। 

Read More
  • MBL - below news
  • EBL Ad news