हिमालयन बैंकको १ करोड ३१ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो।
उक्त शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट कारोबार गर्न पाउनेछन्।








