गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

काठमाडौँ/  मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ ।

मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । 

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त  गरे ।  

यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए । 

यस्तै, गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको ब्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी ब्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए । 

Read More
  • MBL - below news