सनराइज ब्लूचिप फण्डको ८ करोड ५० लाख इकाई आइतवारदेखि विक्रीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज ब्लूचिप फण्डको ८ करोड ५० लाख इकाई आइतवारदेखि विक्रीमा

फागुन २८, काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ । 

उक्त कम्पनीले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये कोष प्रबर्द्धक सनराइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

प्रतिइकाई मूल्य रू. १० रहेको यो इकाई खरीदका लागि छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले १० वर्षमा परिपक्व हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने कम्पनीले बताएको छ ।

Read More
  • MBL - below news