पर्साको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पर्साको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु

पर्साको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु
काठमाडौं, २७ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

प्रदेश २ का विधायक मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहकाबीच शाखारहित बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् ।

सोही अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए ।

Read More
  • MBL