ज्योति लाइफको आईपिओले रच्यो इतिहास, कति पर्यो आवेदन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको आईपिओले रच्यो इतिहास, कति पर्यो आवेदन ?

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म कै बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज साँझ सम्ममा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट  ३ करोड ८० लाख ५७ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको  छ । 

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।  

सीआश्वा सदस्यहरुले राति १२ बजेसम्म आवेदन इन्ट्री गर्न सक्ने र आवेदन भेरीफाई हुने क्रम मै रहेकोले आवेदकको संख्या केहि तल माथि हुन सक्ने छ  ।   ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।  ...

Read More
  • MBL - below news