ज्योतिको आइपिओमा आवेदनको रेकर्ड ब्रेक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योतिको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६।४० गुणा बढी परेको छ। कम्पनीले यही फागुन २१ गते देखि  कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो।  

Read More
  • MBL - below news