महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ ।
हाल संस्थाकाे आईपीओ सूचिकरण प्रक्रियामा रहेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएकाे छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज अथवा भाेलि भित्रमा उक्त आईपीओ लगानीकर्ताकाे खातामा जम्मा हुनेछ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्काे सातादेखि काराेबार सुरू गर्ने तयारी भइरहेकाे बताइएकाे छ । यस साता २ दिन सार्वजनिक बिदा परेकाे हुनाले सूचिकरण प्रक्रियामा केही प्रभाव पर्न सक्ने बिक्री प्रबन्धकले जनाएकाे छ ।
नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।








