सिर्जना फाइनान्स कम्पनी लिमिटेडले २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ ।
हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो चैत १४ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थे) समेत पारित गर्ने ।
सोही सभामा कम्पनीको सेयर पुँजीको हालको संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि छलफल गरि पारित हुनेछ ।