पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउन्टर, प्रधानमन्त्रीले गरे उद्घाटन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउन्टर, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको अस्पतालमा बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यो बैंकले सञ्चालनमा ल्याएको ५८औँ एक्स्टेन्सन काउन्टर हो । काउन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समेत उपस्थिति थियो ।

बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी तथा निजी संघसंस्थामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएर समेत बैंकिङ सेवा दिँदै आएको छ । यसै क्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि सेवाग्राहीलाई प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउन एक्स्टेन्सन काउन्टर स्थापना गरेको बैंकले जनाएको छ । काउन्टर स्थापनासँगै अस्पतालको काम गर्न तथा सेवाग्राहीलाई अस्पतालको सेवा लिन सहज र सरल हुने विश्वास बैंकले लिएको छ । यसबाट अस्पतालका सेवाग्राही मात्र नभई स्थानीयवासी पनि लाभान्वित हुनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad