फागुन १९, काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले रू. ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका बासिन्दाका लागि ८ लाख २ हजार ५०० कित्ता र सर्वासाधारणको लागि २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासनको लागि कम्पनीको तर्फबाट सञ्चालक अमृत कुमार महर्जन र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ बीच उक्त सम्झौता भएको हो ।







