काठमाडौं । केहि दिनदेखि निरन्तर गिरावट आएको नेपाल स्टक एक्सचेञ्च (नेप्से) आज (सोमबार) उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म ७६ अंकले नेप्से बढेर दुई हजार पाँच सय २१ दशमलब १० विन्दुमा पुगेको हो ।
त्यस्तै, नेप्सेका अनुसार करिक डेढ अर्ब बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये म्यूचुलअ फण्डबाहेक अन्य सबै समूह बढेका छन् भने ८ कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ ।







