हाल प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या १५ लाख पुग्ने गरेको छ। तर दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने ५ लाख ५० हजार मात्रै छ। यीमध्ये पनि अनलाइनबाट कारोबार गर्नेको संख्या ३ लाख ७६ हजार मात्रै छ।
आइपिओ भर्नेमध्ये साढे ९ लाखले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट कारोबार गरेका छैनन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आइपिओ १४ लाख ७५ हजारले पाएका थिए।
‘आइपिओ भर्ने तर दोस्रो बजारमा प्रवेश नगरेको संख्या ठूलो देखिन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘आइपिओ परेपछि बेच्नका लागि पनि दोस्रो बजारमा जानुपर्छ। क्रमिक रूपमा संख्या बढ्दै जानेछ।’
कतिपयलाई परेको आइपिओ दोस्रो बजारमा कसरी बेच्ने भन्ने जानकारीको अभाव छ। त्यस्तै आइपिओ परे पनि तुरुन्तै बेच्न आवश्यक नठानेका कारण धेरै दोस्रो बजारमा आएका छैनन्।







