विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रमाथि बढ्दैछ ऋण, हरेक अमेरिकी नागरिकमाथि यति धेरै भार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रमाथि बढ्दैछ ऋण, हरेक अमेरिकी नागरिकमाथि यति धेरै भार

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र प्रभावित भएको समयमा विश्व बैंकसँग धेरै देशहरुले ऋण लिएका छन् । तर विश्वभरमा ऋण दिने विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकामाथि भारी मात्रामा ऋणको बोझ रहेको छ । पछिल्लो समय बढ्दो ऋणको चापमा परेको अमेरिकाले चीन,जापान,भारत र ब्राजिल लगायतका राष्ट्रसँग पनि ऋण लिएको छ ।

 

अमेरिकाका एक संसद सदश्यका अनुसार अमेरिकामा यस वर्ष मात्र २९ लाख डलरको ऋण थपिएको छ । अमेरिकी सासंद एलेक्स मूनीले सो देशमा ऋणको बोझ लगातार बढिरहेको र तीमध्ये सबैभन्दा धेरै चीन र जापानको रहेको बताएका छन् ।

२० वर्षमा चार गुणाले थपियो अमेरिकामाथि ऋणको भार
तथ्यांकका अनुसार सन् २०२१मा अमेरिकालाई २७.७८ट्रिलियन डलरको ऋण रहेको छ जुन सन् २००० देखि २०२० सम्ममा चार गुणाले बढि हो । सन् २०२० मा अमेरिकाको कुल राष्ट्रिय ऋण २३ हजार ४०० अर्ब डलर रहेको थियो । अर्थात प्रत्येक अमेरिकीमाथि औसतमा ७२ हजार ३०९ डलरको ऋण थियो । 

चीन र जापानसँग लिएको थियो यति ऋण

Read More
  • MBL - below news