८ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउँदै, ७६ करोड इकाई पाइपलाइनमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
८ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउँदै, ७६ करोड इकाई पाइपलाइनमा

फागुन १६, काठमाडौं । ८ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा रहेका छन् । २ ओटा खुलामुखी र ६ ओटा बन्दमुखी गरी ८ ओटा म्युचुअल फण्डले इकाई विक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति मागेसँगै सञ्चालनामा आउने भएका हुन् । 

खुलामुखी योजना सिद्धार्थ क्यापिटलले सिद्धार्थ सिस्टमिक इन्भेष्टमेन्ट स्कीम सञ्चालन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । यस फण्डले २ करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । त्यसैगरी एनएमबि सरल बचत फण्ड ई ले १० करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ८ ओटा  म्युचुअल फण्डको ७६ करोड इकाई निष्कासन गर्नेछन् । हाल नेपाल स्टक एक्सचेञ्जमा २० ओटा म्युचुअल फण्ड सूचीकृत छन् । हाल कुमारी इक्विटी फण्डले ८ करोड इकाई फागुन १४ गतेदेखि विक्री खुला गरिरहेको छ । यस फण्डमा आवेदकले फागुन १८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

Read More
  • MBL - below news