सेयर बजारमा किन आयो एकाएक गिरावट ? शिखर चुम्नुअघिको विश्राम हो कि !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा किन आयो एकाएक गिरावट ? शिखर चुम्नुअघिको विश्राम हो कि !

काठमाडौं : सेयर बजार करेक्सन मुडमा देखिएको छ । खासै ठूलो गिरावटबिना नेप्से झन्डै दोब्बर वृद्धि भयो । यसबीचमा नेप्सेको वृद्धि पनि अलिकति द्रुत गतिमै थियो । बुल रनमा जुन स्वभाविक पनि हो । तर बुल रनमा पनि बीचबीचमा सानाठूला करेक्सनहरु आइरहन्छन् । जसलाई बजारका जानकारहरु स्वभाविक भन्ने गर्छन् । सोहीक्रममा बजार २६ सय विन्दुभन्दा माथि पुग्यो ।

नेप्सेले अझै नयाँ उचाईहरु चुम्नै बाँकी छ । तर अलिछिटो दौडिएको बजार चुचुरोमा पुग्नुअघि केही समय थकाई मार्नुलाई विश्लेषकहरु स्वभाविक मान्छन् । किन भने यो करेक्सनले बजारलाई थप बलियो बनाउनेछ । शिखर चुम्नलाई सहयोग गर्नेछ भन्ने उनीहरुको भनाई छ । करेक्सन आउँदैमा डराउनुपर्दैन । बुल रनमा यस्ता घटनाहरु दोहोरिरहन्छन् । बजार बेस्सरी घटेका बेला पनि कारोबार रकम उच्च छ । जुन निकै सकारात्मक पक्ष हो । 

 

केही हदसम्म यो बजारको स्वभाविक करेक्सन हो भने बजार घट्नुमा केही मात्रामा हल्लाहरुले पनि काम गरेको छ । जस्तो, तरलता विस्तारै टाइट हुँदै गएको, ब्याजदर बढ्न सक्ने लगायतका खबरहरु सम्प्रेषण हुँदा पनि लगानीकर्ता केही दुविधामा परेका हुन् । तथापि, सत्य पक्ष के हो भने अहिले पनि बैंकिङ प्रणालीमा प्रचुरमात्रामा लगानी योग्य रकम छ । ब्याजदर बढिसकेको अवस्था पनि छैन ।

Read More
  • MBL - below news