सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, समयमानै सूचना नदिँदा काराेबार राेक्का


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, समयमानै सूचना नदिँदा काराेबार राेक्का

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

फागुन १५ गते बसेको बैंककाे सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

 बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना बजार खुल्नु अघि नै नपठाउदा शेयर काराेबार राेक्का भएकाे छ।

बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै दिएको नेप्सेले जनाएको छ। त्यसैले, नेप्सेले सूचना दिन ढिलाई हुनुको कारण सोध्दै बेंकको शेयर कारोबार रोक्का गरेको हाे।  

Read More
  • MBL - below news