सनराइज फस्टको सेयर बजारमा कति पुग्यो लगानी ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज फस्टको सेयर बजारमा कति पुग्यो लगानी ?

काठमाडौं : सनराइज फस्ट म्युचुअल फन्डले माघ मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ७३ करोड ३० लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ । १ महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ११ रुपैयाँ बढेको हो । पुस सम्ममा यस फन्डले सूचीकृत सेयरमा ६३ करोड १९ लाख रुपैयाँ लगानी गरेको थियो । यसअवधिमा फन्डले ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिलको ५४ हजार २६९ कित्ता सेयरमा ६ करोड ५८ लाख २८ हजार रुपैयाँ लगानी रहेको छ । माघ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ९७ पैसाले बढेर १५ रुपैयाँ ५ पैसा पुगेको छ ।

Read More
  • MBL - below news