साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ४४.९४ अंक घटेर २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६६ अंक बढेर २५५७.७९ विन्दुमा बन्द भएको हो।
आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको २ करोड ८९ लाख १३ हजार रुपैयाँ बराबरको २१ हजार २३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।







