काठमाडौं । सीडीएस एण्ड क्लियरिंग हाउसले साधारण शेयरको नजिता हेर्ने नयाँ वेसाइट निर्माण गरेको छ । अब देखि क्लियरिंग हाउसले नै सञ्चालन गरेको आईपीओ रिजल्ट.सिडीएससी डट कम.एपी (http://www.iporesult.cdsc.com.np)अनलाइन पोर्टलमा आईपीओको नतिजा हेर्न सकिने भएको हो ।
क्लियरिंग हाउस संञ्चलान कार्यविधिको कार्यान्वयनका लागि क्लियरिंग हाउसले लगानीकर्ताको तथ्यांकको सुरक्षाको लागि यो नयाँ वेबसाइट बनाएको क्लियरिंग हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।
शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्नलाई दिनभरी नै लगानीकर्ताले हैरान खेपेका थिए । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ । ...







