फागुन १५, काठमाडौं । यो साताको कारोबारमा बजारका महत्वपूर्ण सूचकहरुमा गिरावट आएको छ । गत साताको तुलनामा यो साता कुल कारोबार कित्तामा वृद्धि भएपनि अन्य सूचकहरु भने घटेका हुन् । साताको पाँच कारोबार दिनमा यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बढेको छ ।
यद्यपी गत साताभन्दा नेप्से परिसूचक ८२ दशमलव ५५ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन फागुन ६ गते २ हजार ६३६ दशमलव ६८ विन्दुमा रहेको बजार या साताको अन्तिम कारोबार दिन फागुन १३ गते २ हजार ५५४ दशमलव १३ विन्दुमा झरेको हो ।
साताको पहिलो कारोबार दिन ३ दशमलव ६६ अंकले बढको बजार चौथो कारोबार दिन १२ दशमलव ५६ अंकले बढेको थियो । यो साता कारोबारको दोस्रो दिन ३२ दशमलव ६७ अंक, तेस्रो दिन २१ दशमलव १६ अंक र पाँचौं दिन ४४ दशमलव ९४ अंकले बजार घटेको हो । कारोबारको चौंथो दिन नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएपनि उक्त दिन दोहोरो अंकले बजार बढेको थियो ।







