ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

१४ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आईपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad