महिला लघुवित्तको आइपीओ बाँडफाँट, १४ लाख ९९ हजार जनाको हात खाली


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 महिला लघुवित्तको आइपीओ बाँडफाँट, १४ लाख ९९ हजार जनाको हात खाली

काठमाडौं  : महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ । 

कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।  

Read More
  • MBL - below news