ओरियन्टल इन्स्योरेन्सको नाफामा ९७.५३% को गिरावट, खुद बिमा शुल्क पनि १३.९८% ले घटेर ४० करोड रुपैयाँमा कायम


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 ओरियन्टल इन्स्योरेन्सको नाफामा ९७.५३% को गिरावट, खुद बिमा शुल्क पनि १३.९८% ले घटेर ४० करोड रुपैयाँमा कायम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ओरियन्टल इन्स्योरेन्सले ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी यो नाफा गत वर्ष भन्दा ९७.५३% ले थोरै हो । गत वर्षको सोहि अवधिमा  कम्पनीले २९ करोड ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क पनि १३.९८% ले घटेर ४० करोड १७ लाख रुपैयाँमा कायम भएको छ । कम्पनीको खुद दाबी भुक्तानी भने १७ करोड २९ लाख रुपैयाँबाट बढेर २४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बिमा कोषको आकार ६५ करोड ८४ लाख रुपैयाँबाट बढेर ७९ करोड ५६ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

Read More
  • MBL - below news