काठमाडौं : नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा लगायत प्रमुख सूचकमा वृद्धि भएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउने अनि चुक्ता पुँजी पनि बढी हुनेमा छिमेक लघुवित्त रहेको छ । यसले ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा नेसनल माइक्रोफाइनान्स र जगेडा कोष धेरै हुनेमा निर्धन उत्थान लघुवित्त रहेका छन् । हेरौं, कुन लघुवित्तको अवस्था कस्तो :
चुक्ता पुँजीमा छिमेक लघुवित्तको अग्रता ...






