प्रि ओपन सेसन अपडेटः साढे २३ अंक बढ्यो नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः साढे २३ अंक बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १२.५६ अंक बढेर २५९९.०८ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा २३.६३ अंक बढेर २६२२.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४९ कम्पनीको १ करोड ९ लाख ९१ हजार ९३० रुपैयाँ बराबरको २२ हजार ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Read More
  • MBL - below news