फागुन १२, काठमाडौं । सात ओटा निर्जीवन बीमा कम्पनीले हालसम्म गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
नेप्सेमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये सात कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ९ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस कम्पनीले गत आवमा ३० प्रतिशत हकप्रद शेयर वितरण गरेको थियो । त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा यस वर्ष लाभांश बढाएको छ । गत वर्ष ५ प्रतिशत बोनस शेयर २ दशमलव ८९ प्रतिशत नगद लाभाश वितरण गरेकोमा यस वर्ष कम्पनीले ८ प्रतिशत नगद लाभांश र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।





.jpg)

