महिला लघुवित्तको आइपीओ शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आइपीओ शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ?

काठमाडौं  : महिला लघुवित्तको आइपीओ शुक्रबार (फागुन १४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा बिहान ८ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट मंगलबार (फागुन १४ गते) साँझ नै सम्पन्न भइसकेको छ । 
 

यता, महिलाको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । 

Read More
  • MBL - below news