काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ३२ अंकले बढेको छ भने साढे ४ अर्ब बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।







