फागुन १२, काठमाडौं । बुधवार नेप्सेको वेबसाइटमा समस्या आउँदा कारोबार गर्न नपाएको गुनासो लगानीकर्ताहरुले गरेका छन् । कतिपय कम्पनीको शेयर खरीदका लागि अर्डनै राख्न नसकिने समस्या बुधवार नेपाल स्टक एक्सचेञ्जको टिएमएस प्रणालीमा देखिएको लगानीकर्ताहरुको भनाइ छ ।
बुधवार २ हजार ६०० विन्दुदेखि खुला भएको बजारले उचाई कायम गर्ने विश्वास लगानीकर्ताहरुले गरेका थिए । मंगलवार २१ अंकले घटेको बजार संसद पुनःस्थापना हुने भएसँगै बुधवारको बजारले सकारात्मक गति लिने विश्वास लगानीर्ताहरुका थियो ।
कारोबार खुला भएको तीन मिनेटमै २ हजार ६२० विन्दुमा पुगेको बजार त्यसपछि भने घटेको हो । यो दिन नेप्सेको वेबसाइटले पनि सहित तथ्यांक नदेखाउँदा लगानीकर्ता अन्योल भई कारोबारमा सहभागी नभएको समेत ब्रोकरहरुको भनाइ छ ।







