फागुन १२, काठमाडौं । बुधवार नेप्से परिसुचक कारोबार भएको एक घण्टामा ६४ दशमलव ९२ अंकले घटेर २ हजार ५२१ दशमलव ५९ विन्दुमा पुगेको छ ।
उक्त अवधिमा १९३ ओटा कम्पनीको रू. १ अर्ब ८७ करोड ८६ लाख ७८ हजार २०४ बराबरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । बैंकको रू. २३ करोड ३० लाख ११ हजार बरावरको शेयर खरीदविक्री भएको हो ।
त्यसैगरी सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।







