काठमाडौं । फागुन महिना लागे यता १ लाख १२ हजार ६४७ डिम्याट खाता खुलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार माघ मसान्तसम्म डिम्याट खाताको संख्या २८ लाख १३ हजार २५० रहेको थियो । फागुन ११ गतेसम्म यो संख्या २९ लाख २५ हजार ८९७ रहेको छ ।
धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै यो खाता खोल्नेको सख्या दैनिक १० हजारमाथी रहेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानको भनाई छ । बजारले निरन्तर गति लिईरहदाँ यस अघि अभौतिकरुपमा शेयर धारण गरेर बसेका लगानीकर्ताहरु पनि डिम्याट खोली शेयर अभौतिकीकरण गर्नेतर्फ सक्रिय रहेको समेत उनको भनाई छ ।







