सेयर कारोबार प्रणालीमा समस्या, लगानीकर्ता भन्छन्-शंकास्पद


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर कारोबार प्रणालीमा समस्या, लगानीकर्ता भन्छन्-शंकास्पद

१२ फागुन, काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।११ बजेर १८ मिनेट जादा नेप्से परिसूचक १ दशमलव ६६ अंकले बढेको देखिएको थियो । त्यसको २ मिनेटमै नेप्से परिसूचक ३ दशमलव १९ प्रतिशतले घटेको देखिएको थियो ।

संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए । तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

एक/दुई मिनेटकै फरकमा यस्तो घट्नु शंकास्पद भएको सेयर बजारका सक्रिय लगानीकर्ता प्रविण श्रेष्ठ बताउछन् । यहाँ चलखेल भएका हुनसक्ने उनको आशंका छ ।

अर्को तर्फ नेफा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य एक सय प्रतिशतले घटाएको टिएमएसमा देखाएको छ । जबकी एकैदिन कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । अर्को चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शंकास्पद तरिकाले घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

किन्नेहरुको ठूलो भीड देखिया पनि चन्द्रागिरीको मूल्य १५ रुपैयाँले घटेको देखिएको भन्दै शंका गर्ने ठाउँ प्रसस्तै रहेको उनले बताए । अन्य समस्याहरु पनि धेरै देखिएको भन्दै उनले यस विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग आफूले तत्कालै गुनासो राख्ने बताए । सेयर कारोबारमा समस्या देखिएकाले आफूले किनबेच नै गर्न नपाएको उनको भनाइ छ ।

नेप्सेका सीईओ भन्छन्- बुझ्दैछु ...

Read More
  • MBL - below news