शेयर बजार ओरालो लाग्दा यस्तो कहिल्यै गर्नु हुँदैन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजार ओरालो लाग्दा यस्तो कहिल्यै गर्नु हुँदैन

जब शेयर बजार ओरालो लाग्छ, तपाईको पोर्टफोलियोको भ्यालु घट्छ। यसले तपाईलाई आफ्नो वित्तीय सल्लाहकारहरुसँग सोध्न बाध्य गराउँछ कि ‘अब म के गरुँ? शेयर बजारबाट आफ्नो पैसा निकालुँ?’ यो स्वभाविक हो तर गलत हो। त्यसको सट्टा तपाईले ‘मैले के गर्नु हुँदैन?’ भनेर सोध्नुपर्छ।

जवाफ सरल छः त्रसित नहुनुहोस्। घटेको बजारमा लगानीकर्ताले जनाउने पहिलो प्रतिक्रिया भनेको, प्यानिक सेल (त्रासित भइ बिक्री गर्ने)। जसले आफुले कडा परिश्रम गरी कमाएको पैसामा ठूलो गिरावट ल्याउँछ। आफ्नो जोखिम सहिष्णुता र मूल्य अस्थिरता (भोलाटाइलिटी) का कारण तपाईको पोर्टफोलियोमा कस्तो प्रभाव पर्छ भन्ने थाहा पाउन अति आवश्यक छ। विविधिकरणमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेज गरेर आफुलाई बजारको जोखिमबाट जोगाउन सक्छन्।

किन डराउनु हुँदैन?

लगानीले तपाईको रिटायरमेन्टलाई सुरक्षित राख्न, तपाईको बचतको उच्चतम प्रयोग गर्न र तपाईको सम्पत्तीलाई चक्रिय ब्याजदरमा बृद्धि गर्न मद्दत गर्दछ। तर पनि अधिकांश मानिसहरु किन शेयर बजारमा लगानी गर्न चाहँदैनन्? यसको प्रमुख कारण विभिन्न समयमा भएको वित्तीय संकटका कारण आत्मविश्वासमा आएको कमी र विगतका वर्षहरुमा देखिएको उतारचढाव। यद्यपि, एक अध्ययन अनुसार लगानी नगरेकाहरुमध्ये ५५ प्रतिशतले आफुसँग पर्याप्त पैसा नभएका कारण लगानी नगरेको बताएका छन्।

पक्कै पनि, यस्ता अध्ययनहरु बजार ‘बुल’ हुँदा गरियो कि ‘बियर’ हुँदा भन्ने कुरामा पनि भर पर्दछ। शेयर बजार, मन्दी या कुनै बाह्य ठूला घटनाका कारण घट्दछ। र यसले जोखिम सहिष्णुता र विविधिकरण जस्ता लगानीका सिद्धान्तहरुको परीक्षण गर्न सक्छ।

यदि तपाईको कारण अविश्वास हो भने, यो याद राख्नु महत्वपूर्ण छ कि बजार चक्रिय (साइक्लिक) छ र शेयरमूल्य घट्नु अपरिहार्य छ, तर गिरावट अस्थायी छ। जब शेयरमूल्य न्यूनतममा पुग्छ, त्यस्तो बेलामा प्यानिक सेल गर्नुभन्दा दीर्घकालिन सोच्नु बुद्धिमानी हुन्छ।

Read More
  • MBL - below news