काठमाडौं : कोरोना भाइरस महामारीका कारण विश्वव्यापीरुपमा सेयरधनीले पाउने लाभांशमा ठूलो कटौती भएको एक तथ्यांकले देखाएको छ । कोरोना भाइरसका कारण सन् २०२० मा सेयरधनीले पाउने प्रतिफल भुक्तानी १२.२% ले घटेर १२ खर्ब ६० अर्ब डलरमा झरेको छ । कोरोना भाइरसले विश्वलाई नै संक्रमित बनाउन थालेपछि लागू गरिएको लक डाउनले विश्व अर्थतन्त्र शिथिल बनाएको हो ।
फलस्वरुपः सन् २०२० को दोस्रो र चौथो त्रैमासको बीचमा मात्र कुल २ खर्ब २० अर्ब डलर बराबरको लाभांश कटौती तथा रद्द भएको सम्पति व्यवस्थापक जेनस हेन्डरसनको ग्लोबल डेभिडेन्ड इन्डेक्सले देखाएको छ । यद्दपि, सन् २०२० को अप्रिल र डिसेम्बरबीच विश्वप्यापिरुपमा ९ खर्ब ६५ अर्ब डलर भन्दा बढी लाभांश वितरण भएको तथ्यांकले देखाएको छ ।







