साताको पहिलो दिन आइतबार शेयर बजार झिनो अंकले बढ्यो। कारोबार मापन गर्ने मुख्य सूचक ३.६६ अंक बढेर २६४०.३४ विन्दुमा उक्लियो। तर उता राम्रा कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने २.२० अंकले घटेर ४७९.५८ अंकमा झर्यो।
सेन्सेटिभ सूचक घट्ने तर मुख्य सूचक बढ्ने क्रम आइतबार मात्रै देखिएको होइन गत महिनादेखि पटक पटक यस्तो हुन थालेको छ। तीन कारोबार दिन दुवै सूचकको घटबढ एकै प्रकृतिको थिएन। उक्त दिन मुख्य सूचक बढे पनि सेन्सेटिभ सूचक भने घटेका थिए।
...







