प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सञ्चालन गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालअन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता थियो ।
कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।
राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले सेयर बजार सम्बन्धी तालिम प्रभावकारी भएकाले सेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताइन् । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।







