नागरिक स्टक डिलरले माग गरेको शेयर विश्लेषक पदमा एक जनाको पनि आवेदन नपरेको कम्पनीले जनाएको थियो । कम्पनीले माघ १५ गते सूचना प्रकाशित गर्दै एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको थियो ।
कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेपनि सो समयमा एउटा पनि आवेदन नआएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले जानकारी दिए । एउटा पनि आवेदन नपरेपछि अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भईरहेको उनले बताए ।






