के अर्थतन्त्र पुरानै लयमा फर्किन थालेको हो ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के अर्थतन्त्र पुरानै लयमा फर्किन थालेको हो ?

काठमाडौं : कोरोनाका कारण जारी गरिएको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण ठप्प बनेको अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको छ । बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । यता, बैंकिङ सिस्टममा पैसा पनि विस्तारै लगानीतिर आकर्षित हुन थालेको पछिल्ला तथ्यांकहरुले देखाएको छ । यो अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आइतबार (फागुन ९ गते) सम्ममा वित्तीय प्रणालीमा ७८ अर्ब रुपैयाँ लगानी योग्य रकम (अधिक तरलता) रहेको छ । राष्ट्र बैंकमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै १ महिनाको अन्तरालमा १ खर्ब २२ अर्ब रुपैयाँ लगानी भएको बुझ्न सकिन्छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकण भट्टका अनुसार पछिल्लो समय कर्जा विस्तार र आयात बढेसँगै बैंकिङ प्रणालीमा थुप्रिएको रकम बाहिरिन थालेको हो । यसले आर्थिक गतिविधि चलायमान बनाएको उनको भनाई छ । यता, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि आर्थिक क्रियाकलाप बढेसँगै अर्थतन्त्र पुरानै लयमा फर्किन थालेको बताउँदै आएका छन् । सरकारको लक्ष्य अनुसार अझै पनि गतिविधि नभए पनि विस्तारै अर्थतन्त्र चलायमान हुँदै गएका यी तथ्य र आधारहरुले देखाउँछ । 

कर्जा प्रवाह बढ्नु...

Read More
  • MBL - below news