काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार (फागुन ९ गते) तथ्यांक अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या कुल ३ लाख ७६ हजार २६१ पुगेको छ । यसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन् । यस्तै, ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार ४०९ पुगेको छ ।
अनलाइनको युजर नेम र पासवर्ड लिएर कारोबार गर्नेमा सबैभन्दा धेरै संख्या नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) मा रहेको छ । यस कम्पनीबाट ३६ हजार ३२७ जनाले अनलाइन लगइन लिएको तथ्यांक छ । जसमध्ये १७ हजार ९७७ जना सक्रिय प्रयोगकर्ता रहेका छन् । यस्तै, सनि सेक्युरिटीजबाट २६ हजार १ जनाले अनलाइन प्रयोग गरेका छन् ।






