के तपाई सेयर बजारमा लगानी गर्ने सोच बनाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने पैसा जम्मा पार्दै राख्नुहोस् । १२ वटा कम्पनीहरु प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेका छन् । जसमध्ये १ वटा कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड(सेबोन)बाट आईपीओ निष्कासनको अनुमति पाइसकेको छ भने बाँकी ११ वटा कम्पनीहरु अनुमतिको पर्खाइमा बोर्डको ढोकामा रहेका छन् ।
पछिल्लाे समय नेपाली सेयर बजारमा उत्साह थपिंदै गइरहेको छ । सेयर बजारले दिनहुँजसो नयाँ रेकर्ड बनाउन थालेको छ भने लगानीकर्ताहरू पनि उत्साहित बनेर लगानी गर्न थालेका छन् । बजारमा नयाँ लगानीकर्ताहरूकाे थपिने क्रम पनि छ । प्राथमिक सेयर यसै पनि थोरै पैसा लगानी गरे पनि पुग्ने र थोरै पैसा लगानी गरेरै मनग्य कमाउन सकिने ! त्यसैले पछिल्लो पुस्ता सेयर बजारमा आकर्षित बन्न थालेका छन् ।
प्राथमिक बजारमा लगानी गर्नको लागि पछिल्लो समय हितग्राही खाता(डिम्याट अकाउन्ट) खोल्नेहरुको बैंकमा भिड नै लाग्ने गरेको छ । पछिल्लो समय आईपीओमा माग गरिएभन्दा बढी आवेदन पर्न थालेको छ । हालै मात्र निष्कासन भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा मागभन्दा ६२.४९ गुणा बढी आवेदन परेको छ । जुन माग गरिएभन्दा धेरै आवेदन परेको हलासम्म्मकै उच्च हो यसबाट नै प्रष्ट हुन्छ पछिल्लो समय सेयर बजारमा बढेको क्रेज ।
आईपीओ निष्कासन गर्न लागेका १२ वटा कम्पनी यस प्रकारका छन् :
१. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ । बोर्डले फागुन ७ गते शुक्रबार कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
२. साहस उर्जा कम्पनी लिमिटेड ...







