अनलाईन शेयर कारोबारमा सहभागीमध्ये ५२ % लगानीकर्ताको मात्र सक्रिय सहभागीता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाईन शेयर कारोबारमा सहभागीमध्ये ५२ % लगानीकर्ताको मात्र सक्रिय सहभागीता

फागुन १०, काठमाडौं । धितोपत्र दोस्रो बजारमा लागू भएको अनलाईन कारोबारका लागि ३ लाख ७६ हजार २६१ लगानीकर्ताहरु सहभागी भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले फागुन ९ गतेसम्ममा उक्त संख्यामा लगानीकर्ताहरु अनलाईन कारोबार प्रणालीमा जोडिएका हुन् । कुल लगानीकर्ताहरुमध्ये सक्रिय कारोबारमा १ लाख ९५ हजार ९८९ जनामात्र सामेल भएको नेप्सेले बताएको छ ।

नेप्सेको तथ्याङ्कलाई आधार मान्दा कुल अनलाईन ग्राहकमध्ये ५२ प्रतिशत मात्र कारोबारमा सक्रिय सहभागी भएको देखिन्छ । विश्वव्यापी रुपमा कारोबार गर्ने पहुँच भएको अनलाईन कारोबार प्रणालीलेनै नेपालको शेयर बजारले आजको दिनमा उच्च विन्दु कायम गरिरहेको छ ।

नेप्सेले आजको दिनमा नेपालको शेयर बजारमा १० अर्ब रुपियाँमाथिको कारोबार हुनुलाई अनलाईन प्रणालीकै महत्वपूर्ण भूमिका रहेको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाल दोस्रो बजारमा ८० प्रतिशतभन्दा माथि अनलाईन कारोबारमार्फतनै कारोबार हुने गरेको बताए ।

Read More
  • MBL - below news