नेपालमा शेयर कारोबारको लागि ब्रोकर आईडी खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाख नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार फागुन ९ गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेको छ ।
जस मध्ये ६८.३६ प्रतिशत अर्थात ३ लाख ७६ हजार २ सय ६१ जना अनलाइन प्रणालीमा आवद्द रहेको नेप्सेले जनाएको छ । यी मध्ये १ लाख ९५ हजार ९ सय ८९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ ।







